स्वास्थ्य चौकीमै मृगौला परीक्षण

काठमाडौं, १२ कात्तिक /सरकारले स्थानीय स्वास्थ्य चौकीमै मृगौला परीक्षणको व्यवस्था सुरु गरेको छ । आजको कारोबार दैनिकमा समाचार छ।

मृगौला परीक्षणमा प्रयोग हुने ‘डिपिस्टिक फिट’ मनाङबाहेकका जिल्लामा पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशभर पहिलो चरणमा २० लाख जनाको मृगौला परीक्षण गर्न पुग्ने किट पठाएको छ ।

महाशाखाका निर्देशक डा। भीमसिंह टिंकिरीले मनाङमा बाटोको समस्याका कारण केही दिनपछि मात्र किट पुर्‍याउने जानकारी दिए ।

कमेन्टहरु
Loading...