चार लाख पुरस्कारको अल नेपाल डान्स च्याम्प–२०१६’को अडिसन जारी

पोखरा, ११ कात्तिक ।
चार लाख रुपैयाँ नगद पुरस्कार भएको राष्ट्रव्यापी नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्प–२०१६’को अडिसन जारी छ । बुटवल, पाल्पा, नवलपरासी लगायत जिल्ला अडिसन सकिएको च्याम्पियनसिपको पोखरामा पनि बृहत अडिसन हुने भएको छ । प्रतियोगिताको आयोजक बुटवलको बागेश्वरी संगीतालय हो ।

चार लाख पुरस्कारको अल नेपाल डान्स च्याम्प–२०१६’को अडिसन जारी
चार लाख पुरस्कारको अल नेपाल डान्स च्याम्प–२०१६’को अडिसन जारी

संगीतालयले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरि पोखरा अडिसन कात्तिक २० गते गर्ने जानकारी गराएको छ । संगीतालयमा क्रियटिभ डाइरेक्टर यम पुनले स्थानीयस्तरमा रहेका नृत्य प्रतिभालाई उनीहरुको कला क्षमता प्रष्फुटन गराई राष्ट्रिय–अन्तराष्ट्रियस्तरमा स्थापित हुने अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा १४ वर्षसम्मका बालबालिकाले जुनियर र १५ देखि ३५ वर्ष उमेर समूहका युवा–युवतीले सिनियर समूहमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।

कात्तिक २० गते पोखरा अडिसनका लागि रामघाटको टप्स् हाइएर सेकेन्डरी स्कुलमा प्रतिस्पर्धिहरु जम्मा हुनुपर्नेछ । जुनियर र सिनियर दुवै विधाका विजेताले दुई–दुई लाख रुपैयाका दरले पुरस्कार र मुम्बइमा ३ महिना निःशुल्क डान्स कोर्ष सिक्ने मौका पाउने डाइरेक्टर पुनले बताए । उक्त डान्स कोर्षका लागि आयोजकले मुम्बइमा भारु डेढ लाख रुपैंया तिर्नुपर्नेछ । यो जोड्दा एक बिजेताले झन्डै नेपाली चार लाख रुपैंयाको पुरस्कार पाउनेछ ।प्रतियोगितामा सहभागी हुन जुनियरलाई एकहजार र सिनियरलाई पन्ध्रसय रुपैयां शुल्क तोकिएको छ । प्रतिभा भएपनि आर्थिक अवस्था कमजोर भएकाहरु भोटिङका कारण प्रतिस्पर्धामा पछाडि पर्नसक्ने भएकाले ‘नो भोट नो एसएमएस’ को प्रावधान गरिएको छ ।

सबै ठाउंको अडिसनबाट छनोट भएकाबीचबाट शुरुमा सयजना छनोट गरिनेछ । उनीहरुलाई बुटवलमा निःशुल्क ३ दिनको वर्कसप (प्रशिक्षण) गराइने छ । त्यसबाट ४० जना र फाइनलका लागि १० जना छनोट हुनेछन् । प्रतियोगितामा भारतीय चार र एक नेपाली नृत्यकर्मी निर्णायक रहने छन् । पुस २ गते बुटवलमै राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसंगै फाइनल हुनेछ । फाइनलमा भारतीय चर्चित नृत्य प्रशिक्षक टेरेन्स लेवीन सहभागी हुनेछन् । कार्यक्रम सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने आयोजकको भनाइ छ ।

कमेन्टहरु
Loading...