सशस्त्र प्रहरी वल स्थापनाको १६ औं बार्षिकोत्सबको अबसरमा पोखरामा पनि विविध कार्यक्रम

पोखरा ११ कात्तिक । सशस्त्र प्रहरी वल स्थापनाको १६ औं बार्षिकोत्सबको अबसरमा पोखरामा पनि विविध कार्यक्रमका विच मनाइएको  छ । दिवसको अबसरमा पोखरा स्थित पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ वाहिनीमा आज विशेष समारोह सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी वल मुख्यालय मुक्तिनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंहले देशमा शान्ति सुरक्षा कायम राख्नको लागि सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए ।समारोहमा सशस्त्र प्रहरी तालिम महाबिद्यालयका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कवीन्द्रमान श्रेष्ठले सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

cropped-ganthan-logo-500x.png१६ औं बार्षिकोत्सबको अबसरमा पोखरामा आयोजित कार्यक्रमका विच २४ जना अमर सशस्त्र प्रहरी कर्मचारीका छोराछोरीलाई जनही २४ हजारको दरले छात्रबृति वितरण गरिएको छ । कार्यक्रममा मुक्तिनाथ वाहिनी अन्तर्गत रहेर बर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई समेत सम्मान गरिएको छ । समारोहमा वार्षिकोत्सबको अबसरमा आयोजित विविध प्रतियागितात्मक कार्यक्रमका विजेता खेलाडीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

कमेन्टहरु
Loading...