घाचोक महोत्सबको अबसरमा ५० हजार रुपैया पुरस्कारको डान्सिङ आइडल हुने

पोखरा ११ कात्तिक । कास्कीको घाचोकमा आगामी मंसिर १७ गते देखि सुरु हुने दोस्रो घाचोक महोत्सबको अबसरमा ५० हजार रुपैया पुरस्कार राशीको डान्सिङ आइडल हुने भएको छ । आयोजक परिवर्तनको लागि युवा सञ्जाल नेपाल घोचोकले विहिवार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार मंसिर २१ गतेसम्म सञ्चालन हुने महोत्सबको अबसरमा डान्सिङ आइडलको फाईनल गर्न लागिएको हो । लोक तथा आधुनिक एकल नृत्य प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार प्राप्त गर्ने संयोजक नर्वदा कुँवरले जानकारी दिइन् ।प्रतियोगिताको लागि कास्कीका विभिन्न स्थानमा अडिसन सञ्चालन गरिने आयोजकले जनाएको छ ।

पहिलो अडिसन कात्तिक १८ गते महेन्द्र मावि लाहाचोकमा हुनेछ । त्यस्तै कात्तिक १९ गते विष्णुपादुका मावि हेमजा, कात्तिक २० गते इन्द्रराज्यलक्ष्मी मावि लामाचौ, २१ गते आदर्श युवा क्लब भण्डारढिक र कात्तिक २२ गते आदर्श कलाकेन्द्र चिप्लेढुङ्गामा पहिलो चरणको अडिसन हुने कुँवरले बताइन् ।पहिलो चरणको अडिसनबाट छनौट भएकाहरुबाट पुन अर्को चरणमा छनौटको लागि पोखरा उद्योग बाणिज्य संघको हलमा अडिसन सञ्चालन गर्ने आयोजकले जनाएको छ । पहिलो चरणमा झण्डै एक सय जना सहभागी हुने अपेक्षा गरिएको छ । दोस्रो चरणको लागि ३० देखि ५० जना सम्म छनौट गर्न सकिने र अघिल्लो चरणमा प्रवेश गरेबाट विजेता छनौट गरिने बताइएको छ ।

यो प्रतियोगिताको उत्कृष्ट प्रतियोगिले गण्डकी च्याम्पियन्सको फाइनलमा सिधै प्रवेश पाउने र म्युजिक भिडियोमा अबसर समेत पाउने आयोजक क्लबले जनाएको छ । पोखराबाट १५ किलोमिटरको दुरीमा रहेको घाचोक गाँउमा आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धनको लागि दोस्रो पटक आयोजना गर्न लागिएको महोत्सबमा डान्स आइडलको साथै अन्तर गाविस रत्यौली गीत प्रतियोगिता, दुना टपरी गास्ने प्रतियोगिता, पर्यटक दौड, विविध सास्कृतिक कार्यक्रम, हास्य प्रस्तुती सहित मौलिक झाकी प्रदर्शन गरिने क्लबका अध्यक्ष मौसम कार्कीले जानकारी दिए । त्यस्तै वाल उद्यान, कृषी तथा हस्तकला उत्पादनको स्टल समेत रहने बताइएको छ । महोत्सब तथा डान्स आईडल सम्पन्न गर्न १४ लाख ४० हजार खर्च अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...