खेलकुद पत्रकार मञ्च कास्कीले अन्र्तक्रिया एवं चियापान गर्ने

पोखरा, २७ जेठ/विश्व खेलकुद पत्रकारीता दिवसको अवसरमा खेलकुद पत्रकार मञ्च कास्कीले अन्र्तक्रिया एवं चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । खेलकुद पत्रकार मञ्च कास्की शाखाका उपाध्यक्ष प्रेमनारायण न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

जुन २ अर्थात असार १८ गते विश्वभर खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । १८ गते दिवस भएपनि खेलकुद पत्रकार मञ्च कास्कीले असार १७ गते दिवसको अवसरमा अन्र्तक्रिया एवं चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको मञ्चका सचिव एकराज गिरीले जानकारी दिए । खेलकुद पत्रकार मञ्च केन्द्रीय कमिटिले १८ गते पल्सर स्पोर्ट अवार्ड आयोजना गरेका कारण कास्की शाखाले सो कार्यक्रम आयोजना गरेको उनले बताए ।

त्यस्तै बैठकले मञ्चका कायसमिति सदस्य सागरराज तिमिल्सिनालाई हार्दिक बधाई ज्ञापन समेत गरेको छ । कास्की जिल्ला खेलकुद विकास समितिले पहिलो पटक आयोजना गरेको सम्मान कार्यक्रममा तिमिल्सिना जेठ १४ गते वर्ष उत्कृष्ट खेलकुद पत्रकारीता पुरस्कारबाट सम्मानित भएका थिए ।

कमेन्टहरु
Loading...