पोखरा उज्यालो बनाउन चिनियाँ लगानी

काठमाडौ, १० कात्तिक/पोखराका मुख्य चोक र सडकभरि सौर्यउर्जाबाट बत्ती बाल्न पोखरा उपमहानगरपालिका र चीनको तिव्व्त सरकारबीच सम्झौता भएको छ ।

तिब्बतको वैदेशिक मामला विभागमा उपमहानिर्देशक मा क्विनसिन र पोखराका कार्यकारी अधिकृत नवराज ढुंगानाले सोमबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

१५ करोड रुपैयाँको लागतमा पोखराका सडक र चोक उज्यालो पार्ने यो सम्झौता गर्न चिनियाँ पक्षसँग पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सहजीकरण गरेका आजको अन्नपूर्णमा समाचार छ ।

पोखरासँग भगिनी सम्बन्ध गाँसिएको तिव्वतको लिन्झी सहरका मेयरको पहलमा यो सम्झौता हुन सकेको पालिखेले बताए ।

पोखरा उपमहानगरका अनुसार पोखराको प्रवेशद्धार विजयपुरादेखि पृथ्वीराजमार्ग हुँदै पर्यटकीय केन्द्र लेकसाइडसम्मको सडकमा पहिलो चरणमा सौर्य उर्जाका बत्ती राखिनेछ ।

कमेन्टहरु
Loading...