काठमाडौं, १० कात्तिक /कात्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक चरणमा बोलाएका ३० खेलाडीमध्येबाट दुई नयाँ अनुहारसहित मंगलबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपाली टोलीमा डिफेण्डरहरु दीपक गुरुङ र देवेन्द्र तामाङलाई पहिलो पटक राष्ट्रिय टोली स्थान बनाएका छन् ।
अनिल गुरुङको कप्तानीमा तीन गोलरक्षक, आठ डिफेण्डर र ६६ जना मिडफिल्डर तथा स्ट्राइकर अन्तिम छनोटमा परेका छन्। प्रमुख प्रशिक्षक ग्यातुकी कोजीको र प्रशिक्षक राजुकाजी शाक्य तथा गोलरक्षक प्रशिक्षकका रूपमा उज्वल मानन्धर छनोट भएका छन्।
प्रतियोगिताको समूह ए मा रहेको नेपालले समूहचरणको पहिलो खेलमा कात्तिक २० गते पूर्वी टिमोरसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै दोस्रो खेलमा कात्तिक २३ गते ब्रुनाइसँग खेल्नेछ।
स्ट्राइकरहरुः अनिल गुरुङ, भरत खवास, बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, सुमन लामा र रञ्जन विष्ट छन् ।
मिडफिल्डरहरुः बिक्रम लामा, बिशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ, अञ्जन विष्ट र राजेन्द्र रावल
डिफेण्डरहरुः बिराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र रञ्जित धिमाल
गोलरक्षकः किरणकुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ
तस्बिरः एन्फा