देउवा फर्केपछि माधव नेपाल दिल्ली जाने

२७ जेठ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवापछि अब एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भारत जानु हुने भएको छ । प्रचण्डले वैशाख १४ गतेबाट तीन दिन भारत भ्रमण गर्नुभएको थियो भने कांग्रेस वरिष्ठ नेता देउवा आइतबार दिल्ली पुग्नुभएको छ ।madhav-nepal

काठमाडौंस्थित भारतीय दूतावासनिकट स्रोतका अनुसार एमाले नेता नेपालले जून महिनाभित्रै दिल्ली भ्रमण गर्ने तयारी छ । अर्थात देउवा फर्किएको केही दिनपछि नेपाल भारत जानुहुनेछ । ‘प्रचण्ड र देउवापछि एमाले नेता नेपाल भारत सरकारको निमन्त्रणमा दिल्ली जानु हुनेछ’ स्रोतले अनलाइनखबरलाई भन्यो ।

भारतले नेताहरुलाई दिल्ली बोलाएर कुनै हालतमा आगामी मंसिरमा संविधानसभाको निर्वाचन गर्न दबाव दिने गरेको छ । ‘भारत मंसिरमा निर्वाचन होस् भन्ने पक्षमा छ’ स्रोतले भन्यो-’भारत जाने नेताहरुलाई पनि भारतीय उच्चअधिकारीहरुले चुनावको वातावरण बनाउन दबाव दिँदै आएको छ । हालैमात्र एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले सार्वजनिकरुपमै भारत र चीनले मंसिरमै चुनाव होस भन्ने चाहेको तर, पश्चिमा शक्तिहरु चुनाव भाँड्न लागेको आरोप लगाउनुभएको थियो ।

कसले पुर्‍यायो प्रचण्ड र देउवालाई दिल्ली ?

झण्डै ३ वर्षको प्रयासपछि प्रचण्डलाई दिल्ली पुर्‍याउन माओवादी नेता वर्षमान पुन अनन्तको महत्वपूर्ण भूमिका रहृयो । शीर्ष नेतृत्वको प्रयास असफल भएपछि अनन्तले काठमाडौं दूतावासमा सचिवस्तरीय कर्मचारीसँग मित्रता गाँस्नुभएको थियो, जसले प्रचण्डलाई दिल्ली पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्यो ।

अनन्तको लगातारको प्रयासपछि भारतीय दूतावासले प्रचण्डलाई दिल्लीको औपचारिक निम्तो मिलाइदिएको थियो । अहिले देउवाले पनि दिल्ली जान प्रचण्डकै फर्मुला लगाएको स्रोतको दाबी छ । देउवाका विश्वासपत्र विमलेन्द्र निधीले दूतावासमार्फत भ्रमणका लागि लविङ गर्नु भएको थियो । ‘प्रचण्ड र देउवाको भ्रमणका लागि अनन्त र विमलेन्द्रले गरेको लबिङ थियो’ दूतावास स्रोतले भन्यो ।

– See more at: http://www.onlinekhabar.com/2013/06/80546/#sthash.mcsi71tP.dpuf

कमेन्टहरु
Loading...