२०१७ मा घुम्नैपर्ने देशमा नेपाल पाँचौं स्थानमा

पोखरा, ९ कात्तिक/सन् २०१७ का लागि घुम्नै पर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने १० ठाउँको सूची सार्वजनिक गरेको हो ।

यो सूचीमा नेपाल पाँचौं नम्बरमा परेको छ । नेपालमा गएको भूकम्पले धेरै क्षति भएपनि धेरै बाँकी रहेको भन्दै लोन्ली प्लानेटले नेपाल घुम्न प्रेरित गरेको छ । उसले भनेको छ, केही मठ मन्दिर भत्किए तर, धेरै भूभाग भूकम्पबाट प्रभावित छैन । जसमा लोकप्रिय पदमार्गहरु छन् ।’

२०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूचीको पहिलो नम्बरमा क्यानडा छ । कोलम्बिया दोस्रो, फिनल्याण्ड तेस्रो स्थानमा परेको छ । अष्ट्रेलियामा रहेको यो कम्पनीले हरेक वर्षको अन्त्यमा घुम्नै पर्ने देशहरुको सूची सार्वजनिक गर्दै आएको छ । सन् २०१७ मा घुम्नका लागि ‘वेस्ट इन भ्यालु’ को सूचीमा नेपाल पहिलो स्थानमा परेको छ।

कमेन्टहरु
Loading...