लोकमान कार्की विरुद्ध महाभियोगको प्रस्ताव संसदमा छलफल सुरु

काठमाडौ, ९ कात्तिक /अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह काकी विरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव व्यवस्थापिका संसदमा पेश छलफल सुरु भएको छ।

मंगलबारको संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरले गत बुधबार संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव सदनमा पेश गर्न प्रस्तावका मुख्य प्रस्तावक नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई समय दिइन्।

अख्तियार प्रमुख कार्कीविरुद्ध शाहीको प्रस्तावमा माओवादी र एमालेका गरी १५७ जना सांसदहरुले संविधानको धारा १०१ को उपधारा २ तथा संसद नियमावलीको १६८ को उपनियम ३ बमोजिम गत बुधबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

कमेन्टहरु
Loading...