देउराली युवा क्लवको आयोजनामा विविध खेलकुद कार्यक्रम हुने

पोखरा ८ कार्तिक । शुभ दिपावलीको अवसरमा देउराली युवा क्लव तोल्का ८ लुम्ले कास्कीको आयोजना मा १३ औ वार्षिकोत्सव तथा विविध खेलकुद कार्यक्रम २०७३ हुने भएको छ । प्रत्येक वर्ष झै यो वर्षपनि दिपावलीको अवसर पारेर कास्कीको लुम्ले ८ तोल्कामा रहेको हिमालय मा.वि.को प्राङगणमा विविध खेलकुद कार्यक्रमको आयोजना हुने भएको छ । कार्तिक ९ देखि

देउराली युवा क्लवको विविध खेलकुद कार्यक्रम हुने
देउराली युवा क्लवको विविध खेलकुद कार्यक्रम हुने

१४ सम्म हुने खेलकुद प्रतियोगितामा अन्तर वडा स्तरिय पुरुष तथा महिला भलिवल, घैटो फुटाउने, रसी तान्ने, छेलो हान्ने, मेच घुमाइ, मकै गन्ने लगायतका खेलकुद कार्यक्रम हुने प्रतियोगिता संयोजक तथा पूर्व भलिवल खेलाडी कुमार गुरुङले जानकारी दिए ।

पुरुष तथा महिला गरी करिव ४० टीमले सहभागीता जनाउने प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितिय र तृतिय हुने टीमलाई क्रमश ३५, २३ र ११ हजार नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिने छभने महिला तर्फ प्रथम र द्धितियलाई क्रमश १० र ६ हजार नगद सहित शिल्ड प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक गुरुङले जानकारी दिए । त्यस्तै पुरुषतर्फ बेष्ट स्पाइकर, वेष्ट प्लेयर, वेष्ट ब्लकर र महिला तर्फ वेष्ट प्लेयरलाई नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिने छ भने रसी तान्ने पहिलोलाई भाले र खादा द्धारा सम्मान, छेलो हान्नेमा प्रथम हुनेलाई नगद, भाङग्राद्धारा सम्मान, घैटो फुटाउनेलाई नगद, खादा र प्रमाणपत्र , त्यस्तै मकैगन्ने, मेच घुमाइ,मा प्रथम हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । कार्यक्रम अवधिभर स्थानिय युवा युवतीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने कार्यक्रमका प्रचार प्रसार संयोजक भरत गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...