तिब्बतबाट पोखरालाई १ हजार थान सोलार, बिजयपुरदेखि हल्लनचोकसम्म झलमल्ल हुने

पोखरा, ८ कार्तिक । मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखरा उपमहानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ती९ सोलार लाइट० प्रदान गरेको छ । करिब १५करोड मूल्यका सोलार लाइट प्रदान गर्ने सम्झौतामा सोमबार चीनको स्वशासित क्षेत्र तिब्बतको वैदेशिक मामिला विभागका निर्देशक मा क्विनसिन र पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा सौर्य बत्ती परियोजनाका सहजकर्ता विश्वशंकर पालिखेको समुपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । संघका अध्यक्ष पालिखेका अनुसार सौर्य बत्ती परियोजना अन्तर्गत प्राप्त बत्तीहरु पोखराको प्रवेशद्धार विजयपुरदेखि हल्लनचोकसम्म जडान गरिने छ । आउने अंग्रजी वर्ष २०१७ को जनवरीबाट सुरु हुने जडान कार्य एक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको छ । पोखरा उपमहानगरपालिकासँग भगिनी सम्बन्ध रहेको तिब्बतको लिञ्जी सहरको अनुरोधमा तिब्बत सरकारले सौर्य बत्ती परियोजनामा सहयोग गरेको हो ।

तिब्बतबाट पोखरालाई १ हजार थान सोलार, बिजयपुरदेखि हल्लनचोकसम्म झलमल्ल हुने
तिब्बतबाट पोखरालाई १ हजार थान सोलार, बिजयपुरदेखि हल्लनचोकसम्म झलमल्ल हुने

सोलार लाइट परियोजनाको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको वैदेशिक मामला विभागका निर्देशक मा क्विनसिनले नेपाल सरकारको एक चीन नीतिप्रतिको प्रतिवद्धताको सह्राना गर्नुभयो । नेपाल असल मित्र, सहयोगी र साझेदार भएको उल्लेख गर्दै उहाँले तिब्बतको सामाजिक आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने बताउनुभयो ।पोखरालाई प्रदान गरिएको सौर्य उर्जाबाट चल्ने बत्तीहरुले यहाँको आर्थिक विकासमा सहयोग पुग्ने उहाँको विश्वास थियो ।

कार्यक्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले नेपाल र चीनबीचको लामो सम्बन्धको चर्चा गर्दै यो सम्बन्ध जनस्तरसम्म विकास गर्ने दिशामा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । पोखरालाई सोलार लाइट प्रदान गरेकोमा उहाँले धन्यवाद पनि ज्ञापन गर्नुभयो । सो अवसरमा मन्तव्य व्यक्त गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाल र चीनबीच दौत्यसम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठको अवसरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारकोतर्फबाट प्राप्त सहयोग उल्लेखनीय भएको बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघको अवलोकन भ्रमण पश्चात भएको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरु अदक्ष भएको सन्दर्भमा चीन सरकारबाट व्यवशायिक तालीम केन्द्र निर्माणमा सहयोग हुन सके यो नेपाललाई धेरै फाइदा हुने बताउनुभयो । यसको लागि जग्गाको व्यवस्था नेपाल सरकारले नै गर्ने उहाँको भनाई थियो ।
पोखरा उद्योग वाणिज्य संघका वैदेशिक सम्बन्ध विभागका संयोजक तथा कार्यसमिति सदस्य प्रकाशदेव पालिखेले संचालन गर्नुभएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, पदाधिकारी, कार्यसमिति सदस्य, पोखरा उपमहानरपालिकाका प्रतिनिधी, बस्तुगत संघका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

सात सदस्यीय चिनीया टोलीले पोखरा रहँदा यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो टोलीलाई पर्यटकीय क्षेत्रको अवलोकन गराउने कार्यको नेतृत्व संघका उपमहासचिव अर्जुन पोखरेलले गर्नु हुनेछ । यता, तिब्बतको वैदशिक मामिला विभागको सो टोलीसँग सोमबार नै पोखराका पर्यटनसँग आवद्ध विभिन्न संघ÷संस्थाका प्रमुख र प्रतिनिधीहरुले छलफल गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको समन्वयमा यहाँको माउण्ट कैलाश रिसोर्टमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पोखरा प्रवद्र्धनको लागि चीन सरकारको तर्फबाट सहयोगको अपेक्षा गरेका थिए । पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकहरुको वृद्धि भएको सन्दर्भमा भाषा कक्षा संचालन लगायतका क्षेत्रमा समेत चीनको सहयोग दुई पक्षीय सम्बन्ध मजबुत बनाउने कडी बन्ने उनीहरुको धारणा थियो ।

कमेन्टहरु
Loading...