राति १० बजे पछि देउसी–भैलो खेल्न नपाईने, (गृह मन्त्रालयको विज्ञप्ति सहित​)

काठमाडौं, कात्तिक ८ ।गृह मन्त्रालयले तिहारका  बेलामा खेलिने देउसी–भैलो राति १० बजेसम्म मात्र खेल्न अनुरोध गरेको छ ।मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम रातको समयमा गर्दा ‘अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति–सुरक्षामा असर पुर्‍याउन सक्ने भन्दै ’ सुरक्षालाई मध्यनजर गर्दै राति १० बजेसम्म मात्र देउसी–भैलो र सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको हो ।

राति १० बजे पछि देउसी–भैलो खेल्न नपाईने
राति १० बजे पछि देउसी–भैलो खेल्न नपाईने

यस्तै, मन्त्रालयले तिहार र छठ पर्वमा पटका, आतिसबाजी र विस्फोटक पदार्थहरुको उत्पादन, आयात-निर्यात, बिक्री–वितरण र प्रयोग नगर्न पनि सबैमा अनुरोध गरेको छ । मन्त्रालयले यस विपरीत कार्य गरेमा कानुन बमोजिम कारबाही हुने पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

कमेन्टहरु
Loading...