भुजेल समाज भकुण्डे इकाईमा बुद्धिबहादुर

पोखरा, ८ कार्तिक । भुजेल समाज कास्कीको आफ्नो इकाई विस्तारको सिलसिलामा पोखरा वडा नं.२६ भकुण्डेमा बसेको भेलाले समाजका सक्रिय सदस्य बुद्धि बहादुर भुजेलको अध्यक्षतामा ९ सदस्यीय इकाई समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पार्वती भुजेल, सचिवमा तुल बहादुर भुजेल, कोषाध्यक्षमा महेन्द्र बहादुर जि.सी.भुजेल, सदस्यहरुमा सीता भुजेल, कोपिला भुजेल, हर्क बहादुर भुजेल, दुर्गा भुजेल, मिना भुजेललाई चयन गरेको छ ।

समाजका जिल्ला अध्यक्ष मन बहादुर भुजेलको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष नर बहादुर घर्ती, निवर्तमान अध्यक्ष बिल बहादुर भुजेल, महिला अध्यक्ष ढकमाया भुजेल, संस्थापक अध्यक्ष सम्मरबहादुर घर्ती, सल्लाहकारहरु विष्णु कुमारी भुजेल र पूर्ण बहादुर भुजेल लगायतले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।बुद्धि बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सचिव प्रेम बहाुदर भुजेलले संचालन गरेका थिए ।

localhost/websites/bibek
ganthan.com
कमेन्टहरु
Loading...