पोखरा पिस क्लवमा महिला समूह स्तरीय हाजिरीजवाफ प्रतियोगिता

पोखरा, ८ कार्तिक । सामाजिक विकृति र विसंगति विरुद्ध क्रियाशील पोखरा पिस क्लव पोखरा ७ शान्तिनगरले विजयादशमी तथा शुभ दीपावली २०७३ को अवसर महिला समूह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा गत सालको विजेता समेत रहेको महिला विकासका लागि आमा समूह पोखरा ७ ले प्रथम स्थान हासिल गर्दै नगद रु.३ हजार ५ सय र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी मासबार आमा समूहले द्वितीय स्थान हासिल गर्दै नगद रु.२ हजार ५ सय र प्रमाणपत्र, नमूना आदर्श आमा समूह पोखरा ५ ले तृतीय स्थान सहित नगद रु.१ हजार ५ सय र प्रमाणपत्र तथा ढाँड आमा समूह पोखरा ७ ले सान्त्वना स्थान हासिल गर्दै नगद रु.५ सय र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि टोल विकास संस्था नगर समन्वय समिति पोखराका अध्यक्ष उज्वल खत्री र क्लवका अध्यक्ष सुजन बरालले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि खत्रीले महिलाहरुको बौद्धिक विकास तथा क्षमता विकासका लागि मात्र नभई आममानसको बौद्धिक तथा शैक्षिक विकासका लागि निकै नै महत्वपूर्ण कार्यक्रम क्लवले संचालन गरेकोमा खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमलाई परिमार्जन सहित अझ आकर्षक ढंगले संचालन गर्न सुझाव दिए ।क्लवका भूपू अध्यक्ष भोजराज बरालले क्लवका उत्कृष्ट कार्यक्रमहरु मध्येको एक कार्यक्रम रहेकाले सबैको साथ, सल्लाह र सहभागिताले कार्यक्रम सम्पन्न भएको बताए ।

cropped-ganthan-logo-500x.pngक्लवका निवर्तमान अध्यक्ष तथा सल्लाहकार दामोदर बरालले कार्यक्रम आमन्त्रित भएकोले सीमित समूहलाई मात्र समावेश गरिने र कतिपय संस्था तथा समूहले आमन्त्रित प्रतियोगितालाई वेवास्ता गरेकोमा दुःख व्यक्त गर्दै आगामी संस्करणमा सबै आमन्त्रित समूहहरुलाई यसको गरिमा बुझिदिन आग्रह गरे । कार्यक्रम संयोजक बिमला अधिकारीले यस संस्करणमा भएका कमीकमजोरीहरुलाई औंल्याई आगामी संस्करण अझ सशक्त बनाउने प्रतिवद्धता सहित सहभागीहरुप्रति आभार प्रकट गरेकी थिइन् । क्लवका उपाध्यक्ष खेमराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमम स्वागत सहसचिव सावित्री अधिकारी र कार्यक्रमको संचालन सचिव प्रताप आचार्यले गरेका थिए ।

कमेन्टहरु
Loading...