अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धि प्रशिक्षण सञ्चालन

पोखरा ७ कात्तिक। नेपाल प्रहरीले देशब्यापी रुपमा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धि प्रशिक्षण सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा आजदेखि देशका ३४ जिल्लामा एकसाथ अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धि प्रशिक्षण सुरु गरिएको हो । घुम्ती प्रशिक्षण योजना अनुसार प्रहरी हवल्दार तथा जवानलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा प्रत्येक जिल्लामा ३५ जना सहभागी छन् । गण्डकी अञ्चलको कास्की सहित, स्याङजा, तनहु र मनाङमा आईतवार देखि प्रशिक्षण सुरु भएको अञ्चल प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।बाँकी जिल्लामा दोस्रो तहमा प्रशिक्षण सञ्चालन हुने बताइएको छ ।

cropped-ganthan-logo-500x.pngअपराध अनुसन्धानमा संलग्न प्रहरी जनशक्ति बृद्धि गर्नुको साथै तत्लो तहमा रहेका प्रहरीको क्षमता अभिबृद्धिको लागि तालिम फलदायी हुने विश्वास लिइएको छ ।कास्कीमा आयोजित प्रशिक्षण उद्घाटनको अबसरमा गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक महेन्द्र बहादुर पोखरेलले यसअघि केन्द्रिय तहमा मात्रै सञ्चालन हुदै आएको तालिम स्थानिय स्तरमा सञ्चालन सुरु गरिएको बताए ।प्रहरी जवान र हवल्दार संगठनको मेरुदण्ड भएको उल्लेख गर्दै उनले तत्लो तहलाई सक्षम बनाउने योजना सहित स्थानिय स्तरमा तालिम सञ्चालन गर्नुपरेको स्पष्ट पारे । यसअघिको ३१ दिने तालिमलाई संक्षेपीकरण गरी ६ दिनमा झारिएको पोखरेलले बताए ।

कास्कीका प्रमुख जिल्ला न्यायधिबक्ता गंगा प्रसाद पौडेलले प्रहरीको अपराध अनुसन्धान कमजोर भए अपराध प्रमाणीकरण गर्ने निकायमा असर पर्ने बताए । अपराध अनुसन्धानको काम प्रभावकारी बनाउन र अनुसन्धानको सुचना चुहावट हुन नदिन अनुसन्धान अधिकृतहरु सजक हुनुपर्नेमा उनले जोड दिए ।कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले प्रहरीको अपराध अनुसन्धानमा थुप्रै त्रुटीहरु रहेकाले अदालत सम्म पुगेका कतिपय मुद्धाहरु असफल हुने गरेको बताए ।

नजशक्तिको अभावले अनुसन्धानमा समस्या भएका बेला जिल्ला स्तरमा आयोजित प्रशिक्षणले सहयोग पुग्ने उहाको विश्वास छ । पहिलो चरणमा देशका ३४ जिल्लामा सञ्चालित प्रशिक्षणमा एक हजार एक सय ९० प्रहरी हवल्दार र जवान सहभागी छन् । नेपाल प्रहरीले एक बर्ष अघि ल्याएको अपराध अनुसन्धान सम्बन्धि तीनबर्षे रणनीतिक ओजना अनुसार अपराध अनुसन्धानको जनशक्ति १० प्रतिशत पुर्याउने उल्लेख छ ।प्रहरी तथ्याङ्क अनुसार ७२ हजार कुल जनशक्ति मध्ये हाल ४ हजार प्रहरी मात्रै अनुसन्धानमा संलग्न छन् ।

कमेन्टहरु
Loading...