सिटी रेवान महोत्सबको पाँचौ संस्करण मंसिर २ देखि १२ गते सम्म हुने

पोखरा ७ कात्तिक । सिटी रेवान महोत्सबको पाँचौ संस्करण मंसिर २ देखि १२ गते सम्म हुने भएको छ । आयोजक पोखरा नगर रेष्टुरेन्ट एण्ड वार एसोसिएसनले आइतवार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार पाँचौ संस्करणको महोत्सब मंसिर २ गते देखि सुरु हुने भएको हो । पोखरा रंगशालामा सञ्चालन हुने ११ दिने महोत्सबमा कुल १२५ स्टल रहने र झण्डै एक लाख दर्शक भित्रने अनुमान गरिएको छ । महोत्सबमा ब्यवसाय प्रयाजनको ९५, रेष्टुरेन्ट १० र अन्य सामाजिक संघसंस्थाको २० स्टल रहने प्रचारप्रसार संयोजक दिपक तिमिल्सिनाले जानकारी दिए ।

localhost/websites/bibek
ganthan.com

महोत्सबमा रहने रेष्टुरेन्टको स्टलमा एकै मुल्यसूची लागू गर्ने आयोजकले जनाएको छ ।महोत्सबमा अन्तर समाज दोहोरी गीत प्रतियोगिता, ढिंडो खाने प्रतियोगिता, पप कन्सर्ट, लोकदोहोरी तथा हास्य कलाकारको प्रस्तुती, गृहणी महिला नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, वाल उद्यान तथा दैनिक उपभोग्य बस्तुको प्रदर्शनी लगायत रहने तिमिल्सिनाले बताए ।महोत्सब प्रवेशको लागि ६५ रुपैया शुल्क लाग्ने र बिद्यार्थीलाई ४० रुपैया लाग्ने बताइएको छ ।

पाँचौ संस्करणको महोत्सब सम्पन्न गर्न ३९ लाख ८५ हजार ५ सय खर्च लाग्ने र ४४ लाख ५५ हजार रुपैया आम्दानीको लक्ष्य राखिएको छ ।महोत्सबबाट बचत भएको रकम मध्ये १० प्रतिशत पर्यटन प्रबद्र्धन र पाँच प्रतिशत असाहाय वालवालिकाको लागि खर्च गरिने पोखरा सिटी रेवानका अध्यक्ष एबं मुल आयोजक समितिका संयोजक केपी शर्मा पाध्याले जानकारी दिए । महोत्सब सम्पन्न गर्न अध्यक्ष शर्माको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ ।

कमेन्टहरु
Loading...