सामाजिक शिक्षामुलक चलचित्र ‘अग्निदहन’को छायाङकन जारी

हेमजा, ६ कात्तिक।‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ले निर्माण गर्न लागेको सामाजिक शिक्षामुलक चलचित्र अग्निदहनको छायाङकन जारी रहेको छ ।समाजमा रहेको बोक्सी कुप्रथा अन्त्य गर्ने उद्देश्यका साथ निर्माण थालिएको चलचित्रको पोखरा स्थित हेमजामा यतिबेला छायाङकन भइरहेको छ ।

चलचित्रमा अर्जुन न्यौपाने, सरलाकुमारी पाण्डे, ओमराज शर्मा, दुर्गा न्यौपाने, ताराबहादुर गुरुङ, माधवशरण पौडेल, लक्ष्मण ढुङगाना, नविन घायल, गोविन्द पौडेल, धम्रेन्द्र पौडेल, प्रकाश धिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसा जिसी, विष्णु बास्तोला, कमला कुवँर लगायतका कलाकारहरुले अभिनय गर्ने छन् ।चितवनको सौराह र मकवापुरको हेटौडामा छायाङकन सकेर चलचित्रको समूह पोखराका विभिन्न स्थानमा छायाङकन कार्यमा यतिबेला जुटिरहेको छ ।

localhost/websites/bibek
ganthan.com

अवको छायाङकन कार्य हेमजाका विभिन्न स्थानका साथै धिताल, पन्चासे लगायतका स्थानमा गरिने प्रतिष्ठानका अध्यक्ष कोविद शरण उपाध्ययले जानकारी दिए ।चलचित्र निर्देशक घनस्याम लामिछाने यस चलचित्रबाट आफु निकै आशावादी रहेको बताएका छन् ।लेखक लोकमणी पौडेल सामाजिक शिक्षामुलक चलचित्र अग्निदहन निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताउ छन् ।

कमेन्टहरु
Loading...