काक्तिक ६, पोखरा ।पोखरा १७, विरुवा मार्ग टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधरणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङानाले राज्यका सबै निकायहरु समावेशी अवधारणामा बनाइरहँदा संस्थामा महिलाहरुको सहभागीताले समावेशीकरण अबलम्बन गरेकोमा प्रशंसा गर्नुभयो ।कार्यक्रमका विशेष अतिथि पोखरा उपमहानगरपालिकाका योजना महासाखा प्रमुख एवं वरिष्ठ ई. शारदा मोहन काफ्लेले पोखरामा विकास निर्माणका काम गर्नको लागि अवसर र चुनौती दुवै रहेको भन्दै विकास निर्माणका कार्य तिव्र रुपमा अगाडि बढेको र वडा नं १७ मा विस्तारित भएको वस्ती सँगै यहाँको विकासको लागि नगरपालिकाले सदवै चासो ब्यक्त गर्ने बताउनुभयो ।
विरुवा मार्ग टोल विकास संस्थाका सल्लाहाकार तथा रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर विमला भण्डारीले विकास निर्माणका कार्यमा महिलाहरुको सक्रियता बढ्दै गएको भन्दै हरेक टोलको विकास गर्नका लागि महिलाहरुको अग्रणी भुमिका हुने भएको हुँदा पोखरा उपमहानगरपालिकाले महिलाहरुको क्षमता अभिवृद्धिको लागि पहल गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका वडा नं १७ सभापति देवी प्रसाद आचार्यले वडाको विकास निर्माणका कार्यमा परेका समस्या समाधानका लागि सम्पुर्ण राजनीतिक दल सदैव लागि पर्ने जनाउनुभयो साथै उहाँले पोखरा नगरको विकासका लागि टोल विकास संस्थाहरुले खेलेको भुमिका प्रति प्रशंसा गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले वडा नं १७ का

अध्यक्ष शुवास ढुङ्गगाना, वडा नागरिक मञ्च १७ का संयोजक टोपराज ढुङ्गगाना, संस्थाका सल्लाहकार शिवराम सुवेदी, विवेकशिल युवा क्लबका अध्यक्ष अर्जुन कुँवरले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष खमबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संस्थाका सचिव शालीकराम भण्डारीले सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो भने संस्थाका अध्यक्ष खमबहादुर केसीले संस्थाको भावी योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वाग मन्तब्य उपाध्यक्ष लक्ष्मी गुरुङले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव शालीकराम भेण्डारीले गर्नुभएको थियो ।