पोखरा २२ आर्वा कसेरीमा सरसफाइ

पोखरा, ६ कात्तिक। पोखरा २२ आर्वाको कसेरीमा कसेरी बाल क्लब र टोल विकास संस्थाको संयुक्त आयोजनामा शनिबार बृहत सरसफाइ गरिएको छ । आर्वा कसेरीको काहुँखोला दुधपोखरी मार्गको करिब डेढ किलोमिटर क्षेत्रमा सरसफाइ गरिएको हो । सरसफाइमा बाल क्लबका सदस्य, टोल विकास संस्थाका पदाधिकारी, सदस्य, राजनीतिक दलका प्रतिनिधि, समाजसेवीको सहभागिता थियो ।

उक्त अवसरमा काहुँखोला दुधपोखरी मार्गमा रहेका खाल्डाखुल्डीमा विजयपुर खोलाबाट ग्राभेल लगि पुरिएको टोल विकास संस्थाका अध्यक्ष भवसागर बरालले जानकारी दिए । अध्यक्ष बरालले आफ्नो घरबाट निस्कने फोहोरलाई व्यवस्थित गर्न टोलबासीलाई आग्रह गरे। कसेरी बाल क्लबका अध्यक्ष आशिष सापकोटाले फोहोरलाई व्यवस्थित नगरे विभिन्न किसिमका महामारी फैलने डर हुने उल्लेख गरे। सरसफाइ कार्यक्रममा उपमहानगर पालिकाले नियमित फोहोर संकलन नगर्दा विजयपुर खोलामा प्रदुषण बढिरहेको स्थानीयले गुनासो गरेका थिए ।

पोखरा २२ आर्वा कसेरीमा सरसफाइ
पोखरा २२ आर्वा कसेरीमा सरसफाइ
कमेन्टहरु
Loading...