लोकमानसिंह कार्कीमाथी लगाईएको महाअभियोग पारित गर्न दलहरुको ध्यानार्कष

पोखरा, ६ कात्तिक/पोखरामा क्रियाशिल मानवअधिकार संघ संस्था तथा अधिकारकर्मीद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की माथी लगाइएको महाअभियोग प्रस्ताव पारित गर्न जोड्दार माग गरेका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले विज्ञप्ती मार्फत दलहरुको ध्यानाकर्ष गराउन जोडदार माग गरेको हो ।

लोकतान्त्रिक मुलुकहरूमा लोकतन्त्रका आधारभुत मुल्य मान्यताका सिद्धान्तहरूलाई परिपालन गर्नु सबै व्यक्ति, निकाय तथा सो निकाय मातहतका अंग र त्यसका पदाधिकारीहरुको प्रमुख दायित्व भएको विज्ञप्तीमा उल्लेख छ । संवैधानिक अंगहरुको काम कर्तव्य र अधिकार संविधानले नै निर्दिष्ट गर्ने हुदाँ सो को पालना र प्रयोग गर्नु उनीहरुको संवैधानिक दाियत्व भएको उल्लेख छ ।

मुलुक लोकमानको पक्षविपक्षमा भन्दा पनि लोकतन्त्रको विधिसम्मत प्रक्रियालाई आत्मासात गर्दै यस क्रममा हुन सक्ने सम्भावित बाह्य हस्तक्षेप , विदेशी चलखेल, चासो र प्रभावलाई नजरअन्दाज गर्दै लोकतन्त्रमा नागरिक आवाजलाई आत्मासाथ र सम्मान गर्दै लोकतन्त्र मुल्य, मान्यता र बिधिकोशासन अनुरुप मुलुकलाई अगाडी बढाउन राजनीतिक दलहरुलाई अपिल गर्दछौ विज्ञप्तीमा उल्लेख छ ।

सञ्जालको तर्फबाट विज्ञप्ती जारी गर्नेहरूमा ढाकाराम पौडेल संयोजक शान्तिका लागि नागरिक समाजको सञ्जाल,पोखरा, नवदत्त ढुङ्गाना अध्यक्ष मानवअधिकार संरक्षण मञ्च, टेकनाथ बराल अधिकारकर्मी, रामचन्द्र पौडेल अध्यक्ष मानवअधिकार एलाइन्स, कास्की शाखा, शिवप्रसाद खकुरेल क्षेत्रीय संयोजक इन्सेक, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखरा, सरलाकुमारी पाण्डे अध्यक्ष मानवअधिकार रक्षक संरक्षण र प्रवद्र्धन केन्द्र, कास्की, विष्णुप्रसाद बराल अधिकारकर्मी, गिरधारी सुवेदी संयोजक सयपत्री समाज कास्की नेपाल, जानकी शर्मा अध्यक्ष महिला मानवअधिकार रक्षक सञ्जाल, कास्की, राजेश पराजुली, अध्यक्ष हुर्जा, कास्की, गोपाल खड्का अध्यक्ष गैर सरकारी संस्था महासंघ नेपाल कास्की शाखा, कमलप्रसाद अर्याल अध्यक्ष मानवअधिकार संरक्षण मञ्च, कास्की, खगराज आचार्य अधिकारकर्मी लगायतले हस्ताक्षर गरेका छन् ।

कमेन्टहरु
Loading...