बिबिएसको परीक्षाफल प्रकाशित

काठमाडौ, ६ कात्तिक/त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुदले जेठमा सञ्चालिन गरेको व्यवस्थापन सङ्कायतर्फको स्नातक तीनबर्से बिबिएस तृतीय वर्षको आंशिकतर्फको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।

परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

परीक्षाका मर्यादाविपरीत कार्य गर्ने चार परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।

कमेन्टहरु
Loading...