पोखरा ट्रेड मलको उपहार १ सय ४२ जनालाई, एलईडी टिभि रेग्मी र फ्रिज गुरुङलाई

पोखरा, ६ कात्तिक/ पोखरा ट्रेड मल चिप्लेढुङ्गाद्वारा सञ्चालित दशैं तिहार मेला अन्तरगत बम्पर उपहार कार्यक्रम जारी छ । मेलाका अवसरमा मलमा सपिङ गर्ने ग्राहकहरु मध्य शुक्रबारसम्म १ सय ४२ जनाले उपहार प्राप्त गरेका छन् । दैनिक उपहार १ सय ४० जनाले र साप्ताहिक उपहार २ जनाले प्राप्त गरेको मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।

साप्ताहिक उपहार अन्तर्गत सिजीको ३२ ईन्चको एलईडी टिभि हेम्जाकी नानु रेग्मीले जितेकी छन् भने सिजीको २०० लिटरको फ्रिज न्युरोडका अश्रित गुरुङले जितेका छन् । नानु रेग्मीलाई गत साता उपहार प्रदान गरिसकिएको छ भने अश्रित गुरुङलाई आगामी आइतबार उपहार हस्तान्तण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक बासुदेव पराजुलीले जानकारी दिए । अबको साप्ताहिक पुरस्कार सिजीको ३२ ईन्चको एलईडी टिभि आइतबार नै खोलिने उनले बताए ।

ट्रेड मल भित्रका विभिन्न पसलहरुबाट ग्राहकहरुले सामान खरिद गर्दा प्राप्त गरेका उपहार कुपनका अर्धकट्टिहरु संकलन गरि लक्की ड्र मार्फत दैनिक र सातासम्मका कुपनमध्येबाट साप्ताहिक उपहार छनोट गरिन्छ । दैनिक उपहार अन्तर्गत हरेक दिन सामान गरिद गर्ने ग्राहकहरु मध्येबाट १० जनाले विभिन्न उपहार प्राप्त गरिरहेको मलका सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए ।

बम्पर उपहार योजना अन्तर्गत भाग्यमानी ग्राहकले १ थान यामाहा बाइक र १ थान यामाहा स्कुटर उपहार प्राप्त गर्नेछन् । हिराको हार १ थान र मलेसियाको हवाई टिकट १ थान पनि बम्पर उपहारमा समावेश गरिएको छ । साप्ताहिक उपहार अन्तर्गत सिजीको ३२ इन्चको एल।इ।डि। टिभी ५ थान र २ सय लिटरको फ्रिज ५ थान भाग्यमानी ग्राहकलाई प्रदान गरिनेछ ।

पोखरा ट्रेड मलभित्र न्युनतम १ हजार रुपैयाँ बराबरको सामान खरिदमा १ थान कुपन र २ हजार ५ सय वा सोभन्दा बढी रुपैयाँ बराबरको सामान खरिदमा ३ थान कुपन प्राप्त गर्न सकिनेछ । मलभित्र आउने ग्राहकको हितलाई ख्याल गर्दै चाडपर्वको अवसरमा उपहार योजना ल्याइएको कम्पनी सचिव माधब तिमिल्सिनाले जानकारी दिए । उपहार योजना असोज १५ देखि मंसिर २४ गतेसम्म लागु हुनेछ ।

कमेन्टहरु
Loading...