शुभकामना सांस्कृतिक साँझ हुने

पोखरा, ५ कात्तिक/विजयदशमी, शुभ दिपावली, छठको अवसरमा पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले शनिवार पोखरामा शुभकामना सांस्कृतिक साँझ गर्ने भएको छ। सङगितमय वातावरणमा चाडपर्वको शुभकामना आदानप्रदान गर्ने उदेश्यले सांस्कृतिक साँझ गर्न लागिएको हो।

कार्यक्रम पोखराको सभागृहमा हुने। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष अर्जुन गुरुङले भने – ‘कार्यक्रमका सहभागिता लागि सवैलाई आमन्त्रण गर्दछौं।’ कार्यक्रममा झण्डै दुई हजार दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ।

सांस्कृतिक साँझमा खड्क गर्वुजा, शर्मिला गुरुङ, कुमार पुन, जानकी तारमी मगर सहित स्थानीय कलाकारको विषेश प्रस्तुती रहने छ भने सुर्याेदय कला केन्द्रले लोक नृत्य प्रदर्शन गर्ने बताइएको छ। त्यसअवसरमा लोकदोहोरीको विकासका लागि महत्वपूर्ण भुमिका खेल्ने कलाकार रमेश विजिलाई सम्मान समेत गरिने छ।

कार्यक्रम सम्पन्न गर्नका लागि झण्डै पाँच लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको सचिव जीवन गुरुङले बताए। कार्यक्रमबाट ६ लाख बचत गर्ने लक्ष्य लिइएको छ। बचत रकम लोकदोहोरी सहकारी स्थापना र सामाजिक हितका लागि खर्च गर्ने बताइएको छ।

कमेन्टहरु
Loading...