राष्ट्रिय भेट्रान्स बास्केटबलको शनिबार सेमिफाइनल र फाईनलका खेल हुने

पोखरा, ५ कात्तिक/पोखरा रंगशालामा जारी पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केटबल प्रतियोगिता अन्र्तगत शनिबार सेमिफाईनलका खेल र फाईनल खेल हुने भएको छ ।

शनिबार विहान पुन समाज कास्की बिरुद्ध कास्की जिल्ला वास्केटवल संघ बिच पहिलो सेमिफाईनल खेलका प्रतिष्प्रर्धा हुने भएको छ । त्यसै गरी दोश्रो सेमिफाईनल खेलमा पश्चिमाञ्चल भूपु सैनिक खेलकुद संघ बिरुद्ध तनहँु जिल्ला वास्केटवल संघ बिच प्रतिष्प्रर्धा हुने भएको छ । सेमिफाईनल विहान हुने भएको छ भने फाईनल खेल दिउँसो १ बजे पछि हुने भएको आयोजक कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्र बहादुर शेनले बताए ।

सुक्रबार भएको खेलमा पुन समाज कास्कीले तनहुँ जिल्ला वास्केटवल संघलाई पहिलो खेलमा ४२ को बिरुद्ध ७१ स्कोरले पराजित गर्यो भने अर्को खेलमा पुन समाज कास्कीले कृर्तिपुर काठमाण्डौंको समुहलाई ४० बिरुद्ध ६९ स्कोरले पराजित गरेको हो । पहिलो खेलमा पुन समाज कास्कीका नोल बहादुर पुनले २० स्कोर गरेका थिए भने उनले अर्को खेलमा २४ स्कोरको योगदान दिएका हुन।

आयोजक कास्की जिल्ला वास्केटवल संघले पर्वत वास्केटवल संघलाई २४ का बिरुद्ध ४४ स्कोरले पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको हो । कास्कीको जितमा नारायण प्रसाद शर्माले १७ स्कोरको योगदान दिए । अर्को खेलमा कर्म गुरुङको ३० स्कोरको मद्धतले काठमाण्डौंको बीबीएसटी को समुहले आयोजक कास्की जिल्ला वास्केटवल संघ माथि ३१ को बिरुद्ध ६७ स्कोरले जित निकालेके हो । पश्चिमाञ्चल भूपु सैनिक खेलकुद संघले तनहुँ जिल्ला वास्केटवल संघलाई २८ को बिरुद्ध ५९ स्कोरले गराजित गर्यो। पश्चिमाञ्चलको जितमा जस बहादुर गुरुङले १५ स्कोर गरे।

प्रतियोगितामा ८ टिम सहभागी भएका हुन। प्रतियोगितामा ४० वर्ष माथिकाले मात्रै सहभागिता जनाएको आयोजकले जनाएको छ । पाथीभरा ओभरसिज प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गरिएको हो । पाथीभरा ओभरसिजले प्रतियोगिता गर्न २ लाख सहयोग गरेको छ । प्रतियोगिताको विजेतालाई ४० हजार ४ सय ४४, उपविजेतालाई २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...