प्लाष्टिकका काने झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी सुरु

पोखरा, ५ कार्तिक /पोखरा उपमहानगरपालिका कार्यालयमा नयाँ कार्यकारी अधिकृतका रुपमा नवराज ढुङ्गाना लाए लगत्तै विगतमा थाँती रहेका उप(महानगरपालिकाका योजनाहरु शुरु हुन थालेका छन् । उपमहानगरपालिका कार्यालयले गत बैशाख १ गते पोखरालाई प्लाष्टिकका काने झोला तथा गिलास मुक्त नगरका रुपमा घोषणा गर्ने तयारी गरेपनि विविध कारणबस घोषणा कार्यक्रम अगाडी बढ्न सकेको थिएन् ।

नवराज ढुङ्गाना
नवराज ढुङ्गाना

हाल, उक्त कार्यक्रमलाइ जतिसक्दो छिटो अगाडी बढाउने प्रकृया शुरु भएको कार्यकारी अधिकृत ढुङ्गानाले बताएका छन् ।
उप(महानगरपालिकाले यहि कार्तिकको अन्तसम्म नगरलाइ प्लाष्टिकका काने झोला तथा गिलास निशेधित क्षेत्र घोषणा गर्ने तयारीका साथ कार्यक्रमहरु अगाडी बढाएको छ । जस अन्तरगत उप(महानगरपालिकाले बरिष्ठ नगर प्रहरी निरिक्षक बसन्त चालिसेको स‌ंयोजकत्वमा घोषणा कार्यक्रम तयारी समिती गठन गरेको छ ।

समितीमा उपमहानगरपालिकाका महाशाखा प्रमुख सवै, नागरिक समाज, नगर टोल विकास समन्वय समिती, नगर महिला समन्वय समिती लगायतका संघसंस्थाहरुका अध्यक्षहरु सदस्य रहने घोषणा कार्यक्रमका फोकल पर्सन ई। महेन्द्र गोदारले बताए । घोषणा कार्यक्रम अघि वडा स्तरिय अनुगमनलाइ तिव्रता दिने नगरपालिकाले तयारी गरेको छ ।

जसका लागि वडा सचिवको संयोजकत्वमा टोल विकास समन्वय समितिका अध्यक्ष, वडा नागरिक मञ्चका अध्यक्ष, वडा महिला समन्वय समितिका अध्यक्ष, वडा नागरिक समाजका अध्यक्ष लगायतको संलग्नता रहेको घोषणा तयारी कार्यक्रमका संयोजक बसन्त चालिसेले बताए । पोखरा सभागृहमा एक विशेष समारोहको आयोजना गरि पोखरालाई प्लाष्टिकका काने झोला तथा गिलास निशेधित क्षेत्र घोषणा गरिने उप(महानगरपालिकाले जनाएको छ ।

कमेन्टहरु
Loading...