मिस पल्स टु गण्डकी सिजन टु ग्राण्ड फिनाली कार्तिक ५ गते

कार्तिक ४ ,पोखरा ।द नेक्स्ट इन्टरटेनमेन्ट एण्ड इभेन्टस् म्यानेजसमेन्टेको प्रस्तुती र डि. के फिल्मस काठमाण्डौको सहकार्यमा मिस पल्स टु गण्डकी सिजन दुई २०७३ को ग्राण्ड फिनाली कार्तिक ५ गते पोखरा सभागृहमा हुने भएको छ ।कार्यक्रम दिउँसो १ बजे बाट शुरु हुने आयोजक संस्थाका कार्यक्रम सयोजक यामनारायण श्रेष्ठले जानकारी दिए ।

ग्राण्ड फिनालीका लागि ९ जना प्रतिस्पर्धीहरु रहेका छन् । ग्राण्ड फिनालीको निर्णायकहरुमा नायिका सञ्चिता लुइटेल, इन्टरनेशनल मोडल दिपक घिमिरे, नेपाल चलचित्र कलाकार संघका केन्द्रीय सदस्य तथा फिल्म निर्माता भानु प्रताप र रेडियो जननीकी स्टेशन म्यानेजर विमला भण्डारी रहने आयोजकले बताएको छ सहभागी प्रतिस्पर्धी युवतीहरुको फेसन कोरियो ग्राफी विजय क्षेत्री र सहायक कोरियोग्राफी राघिनी अधिकारीले गर्ने आयोजकले जनाएको छ ।ग्राण्ड फिनालीलमा सहभागीहरुले लगाउने डे«स डिजाईनरहरु भावना गुरुड्ड, सपना तिवारी, मेनुका श्रेष्ठ, रुवीना खातुन, सनम् जि.सी कार्की, अन्सुमी थापा, सन्ता तामाड्ड, आश गुरुड्डले गनेछन् ।

मिस पल्स टु गण्डकी सिजन टु ग्राण्ड फिनाली कार्तिक ५ गते
मिस पल्स टु गण्डकी सिजन टु ग्राण्ड फिनाली कार्तिक ५ गते

मिस प्लस टु गण्डकी सिजन दुई २०७३ को उपाधी जित्न सफल विजेताले गोल्डेन क्राउनका साथमा नगद रकम, सरकारी कलेजको शिक्षण शुल्कमा सत प्रतिशत छुट, फस्ट रनर अफ हुन सफल विजेताले सिल्भर क्राउनका साथमा नगद रकम, त्यस्तै दोस्रो रनर अफले सिल्भर क्राउनका साथमा नगद रकम, त्यस्तै दशर्क च्वाईसमा नगद रकम पाउने छन् ।

कमेन्टहरु
Loading...