नगरपालीकामा कार्यालय प्रमुख नआउदा लेखनाथका  सेवाग्राही मर्कामा 

कार्तिक ३, पोखरा ।

कास्कीको लेखनाथ नगरपालीकामा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन । लेखनाथ नगरपालीकाका कार्यकारी अधिकृत लोक बहादुर भन्डारीको गत असोजको पहिलो हप्तानै सरुवा भएपनि नयाँ कार्यकारी अधिकृत नआउँदा दिनहुँ सयौ सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।लेखनाथ नगरपालीकाको कार्यकारी प्रमुखका रुपमा नवलपरासीका स्थानिय विकास अधिकारी लाल कृष्ण शर्माको सरुवा भएनि उनि हाजिर नहुँदा नगरपालीको प्रशासनिक काम बाहेक अन्य सम्पुर्ण काम ठप्प भएका छन् ।

lekhanathसरुवा भएको महिनौ बित्दा पनि कार्यलय प्रमुख कार्यालयमा उपस्थिति नभएपछि कामकारबाही प्रभावित भएको छ । यता भने लेखनाथ नगर पालीकाका कानुनी अधिकृत राममणि अधिकारीले कार्यालय प्रमुख नहुदा काममा असर परेको स्विाकार गरे । आर्थिक काम, सामाजिक सुरक्षा भत्ता र नक्सा पासको काम रोकिएको उनले जानाकारी दिए । प्रशाशनिक काम भने नरोकिएको अधिकारीको भनाई छ । यता बृद्धबृद्धाहरुले चाडवाडको समयमा पनि सामाजिक सुरक्षा भत्ता लिन नपाएकोमा दुखेसो ब्यक्त गरेका छन् ।

नगरपालीका स्रोतले दिएको जानाकारी अनुसार राज्यको पुर्नसंरचना समितिको संयोजकमा जिल्लाका स्थानिय विकाश अधिकारी संयोजक रहने र लेखनाथ नगरपालीकामा सरुवा भएर आउने कार्यकारी अधिकृतले नवलपरासीको संयोजकको रुपमा काम गरिरहेकोले हाजिर हुन मन्त्रालयले नै रोकेको हो । सिमांकन सम्बन्धी काम देशैभरी नसकिएकोले मन्त्रालयले केहि महिना रोकेका कारण लेखनाथ नगरपालीका कार्यलय प्रमुख विहिन भएको छ ।

कार्यलय प्रमुख नहुदा कार्यालयले बर्षेनि दशै र तिहार भन्दा अगाडी नै बर्खाको समयमा बिग्रिएका सडकहरु मर्मत गर्ने गरेको भएपनि यो वर्ष लेखनाथका अधिकांश ग्रामिण सडकहरु मर्मत हुन सकेनन् । नगरपालीकामा सडक मर्मतका दर्जनौ निवेदन परेपनि कार्यालय प्रमुखको अभावमा रकम निकासा हुन नसक्दा चाडपर्वका बेला पनि ग्रामिण क्षेत्रका जनताले जोखिमपुर्ण यात्रा गर्न बाध्य बनेका छन् ।

 

कमेन्टहरु
Loading...