पोखरा, २ कात्तिक /पोखराको चिप्लेढुगांमा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेड ९ बर्ष पूरा गरि १० बर्षमा प्रवेश गरेको छ । साविकको सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड गाभिएर बनेको बैंकले १० औ बार्षिकोत्सवको अवसरमा पोखराको बिन्ध्यबासिनी मन्दिर परिसरमा सरसफाई र रक्तदान कार्यक्रम गरेको छ ।
बैंकले यसअघि बिन्ध्बासिनी धार्मिक सेवा समितिको एम्बुलेन्स सेवा सञ्चालनको सहयोगार्थ भवन निर्माणको लागि १५ लाख रुपैया सहयोग गरेको बैंकका प्रमुख कार्यकरी अधिकृत विश्व मोहन अधिकारीले बताए । बैंकको १० औ बार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, तथा अन्य ब्यक्तिहरुबाट ५१ युनिट रगत संकलन भएको बैंकका नायव कार्यकारी अधिकृत बुद्धिकुमार मल्लले जानकारी दिए ।
बैकले हालै मात्र मनास्लु विकास बैंकसंग मर्जरको लागि सैद्धान्तिक सहमति गरेको छ । दुबै संस्थाको प्रस्तावित बोनश शेयर तथा मर्जरपछि बैंकको चुक्ता पुंजी १ अर्ब ६८ करोड हुनेछ भने असोज मसान्तको आधारमा निक्षेप १४ अर्ब ४९ करोड र कर्जा १२ अर्ब ५१ करोड र ३४ वटा शाखा हुने र हाल खोल्न तयारी भईरहेको नयां ६ वटा शाखा खुलेपछि ४२ वटा शाखा पुग्ने प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।