बगर भाइखलकको भेट्रान टोली हेटौडा प्रस्थान

पोखरा, २ कार्तिक/ बगर भाइखलकको ४० प्लस भेट्रान टोली हेटौडा प्रस्थान गरेको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौडामा हुने दोश्रो भेट्रान ४० प्लस एट ए फुटबल प्रतियोगितामा सहभागी हुनका लागि पोखराको बगरमा रहेको बगर भाइखलकको टोली हेटौडा प्रस्थान गरेको हो ।

हेटौडा प्रस्थान गरेको टोलीलाई बगर भाइखलका अध्यक्ष दिल बहादुर गुरुङले विदाइ गरेका थिए । कात्तिक २ देखि ६ गते सम्म हेटौडमा हुने प्रतियोगितामा सहभागी हुनका लागी पोखराको भाइखलक ४० प्लस का सन्तोष गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली हेटौडा प्रस्थान गरेका हुन ।

गुरुङको नेतृत्वमा रमेश श्रेष्ठ, कुमार गुरुङ, कुमार गुरुङ, हरि खड्का, भिष्म गुरुङ, राजु गुरुङ, जय थापा, किरण श्रेष्ठ, बव्लु गुरुङ, प्रदिप राइ दारेसिङ दाई, राजु गुरुङ, ओमकार गिरी, गणेश थापा र टीम कोच अनिल अधिकारी, टीम ब्यवस्थापन मिलन गुरुङ र खेल संयोजक ओमकार गिरी रहेका छन ।

कमेन्टहरु
Loading...