पशुवलीप्रथा विरुद्धको सचेतना जगाउदै शान्तिपदयात्रामा

पोखरा, १ कात्तिक । सामाजिक जागरणका लागि नारी अभियानको टोली पशुवलीप्रथा विरुद्ध सचेतना जगाउदै शान्ती स्तुपामा पुगेको छ । ग्रामिण पर्यटनको प्रवद्धन गरौ, कुरिति कुसंस्कार हटाई शुसव्य समाजको निर्माण गरौ भन्ने उद्घोषका साथ उक्त कार्यक्रम गरिएको आयोजकले वताए ।

कास्कीलाई पशुवलीप्रथा मुक्त जिल्लाका रुपमा चिनाउन पहल गर्नुपर्ने,वुद्ध जन्मेको देशमा मठ मन्दिरहरुमा हिंसा गर्न नहुने सन्देशका साथ थालीएको उक्त अभियानमा अभियानको टोली तथा विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।
पोखराको चर्चित धार्मिक पर्यटकिय स्थल तालवराही मन्दिरहुदै ढुङगा चढेर पुम्दीभुम्दी रानीवनहुदै शान्ति स्तुपामा सचेतना मुलक व्यानर टासी फेरी रानीवनहुदै वाराही घाटसम्म पदयात्रा गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै अभियन्ता सुष्मा पौडेलले पशुवलीप्रथा समाजको कुरिती भएको भन्दै तुरुन्त अत्य गर्नुपर्ने र कास्कीलाई पहिलो पशुवलीमुक्त जिल्लाका रुपमा घोषणा गर्नुपर्नेमा जोड दिइन् । उनले शान्ति स्तुपामा आएर पोखरा शान्त छ पशुवलीप्रथा अत्य हुदैछ भन्ने सन्देश दिन शान्ति पदयात्रा मार्फत उक्त कार्यक्रम गरिएको वताइन् । सवै सभाध्यक्ष र सवै प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कार्यक्रम संयोजक उशा गोशेलीले स्वागत गरेकी थिइन् ।

यसभन्दा अगाडी अभियानले कास्कीका विन्धवासीनि, तालवराही, अकलादेवी, शितलादेवी,भद्रकाली, दुर्गा मन्दिर लगायतका शक्तिपिठहरुमा सरसफाई तथा सचेतना मुलक कार्यक्रम तथा गोरखाको मनकामना मन्दिरमा सचेतना कार्यक्रम अन्तरक्रिया सहित सचेतना मुलक व्यार टास्ने कार्यक्रम , पशुवलीप्रथा विरुद्ध अन्तरक्रिया लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यस्तै सामाजिक जागरणका लागि नारी अभियानले स्थापना भएको छोटो समयमा विभिन्न सचेतना मुलक कार्यक्रम, समाजको कुरिति कुसंस्कार विरुद्ध सचेतना ,तराई पहाड सद्भाव कार्यक्रम,ट्राफिक सचेतना, पाठेघर क्यान्सर सम्वन्धी सचेतना , जेष्ठ आमाहरुको सम्मान तथापोखरा दर्शन, वृद्धाआश्रममा सहयोग, चेपाङलाई सहयोग,अग्निपिडीत तथा भुकम्प पिडीतलाई सहयोग लगायतका विविध कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कमेन्टहरु
Loading...