पोखरा, १ कात्तिक /भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सस्था डेमोत्र्mयाट स्टुडेन्ट युनियनको अधिवेशनमा भाग लिन नेविसंघका केन्द्रीय सदस्य भानुभक्त ढकाल र रामप्रसाद अधिकारी सोमवार भारत तर्फ लाग्ने भएका छन् । उनीहरु त्यहा रहदा नेपाली विद्यार्थीको अवस्थाका वारेमा समेत जानकारी लिने छन् ।
अक्टोवर २८ अर्थात नेपाली समय अनुसार कात्तिक १२ गते भारतको वैंगलोरमा हुन लागेको अधिवेशनमा पोखराका ढकाल आतिथ्यताका लागी त्यहा जान लागेका हुन् । युनियनले त्यहा रहेका नेपाली विद्यार्थीहरुको हकहित र नेतृत्व विकासमा सहयोग गर्दै आएको छ ।
युनीयनको नेतृत्वपनी कास्कीको लेखनाथ नगरपालिकाका आनन्द गौतमले लिएका छन् । भारतमा हजारौ नेपाली विदार्थीहरु अध्ययनरत छन् । अधिवेशनलाई कांग्रेस आईका युवा नेता रुद्रेश कुमार गाउडाले सम्वोधन गर्ने कार्यक्रम रहेको युनियनका संयोजक आनन्द गौतमले वताए । राष्ट्र निर्माणका लागी योग्यता र सक्षम नेतृत्व निर्माणका लागी आँफूहरु लागि परेको गौतमले वताए ।