चीनलार्इ हराउँदै नेपाल एशिया कप क्रिकेटमा छनोट

पोखरा, २९ असोज /नेपालले चीनलार्इ हराउँदै एशिया कप क्रिकेटका लागि छनोट भएको छ। आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनौटको उपबिजेता बनेको नेपाली टोलीले शनिवार चीनलार्इ ४ विकेटले हराउँदै एशिया कप क्रिकेटको यात्रा तय गरेको हो ।

अन्तिम खेलमा चीनले दिएको ८६ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गरेको थियो । टस जितेर ब्याटिङ रोजेको चीनले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो।

नेपाल ६ अंकसहित समूह उपबिजेता बनेको हो । एसिया कप आगामी नोभेम्बर र डिसेम्बरमा थाइल्यान्डमा हुने छ ।

कमेन्टहरु
Loading...