पोखरामा युवायुवतीको नयाँ डेस्टिनेसन @ फुर्सेखोला (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, २९ असोज /पोखरा २४ मा पर्ने फुर्सेखोला युवायुवतीका लागि नयाँ डेस्टिनेसन भएको छ । फुर्सेखोला र भुगे खोला छहरामा पौडी खेल्ने र फोटो खिचाउनेको ठुलो भिड् लाग्ने गरेको छ । माथिबाट निकै राम्रो सगँ खस्ने छहरा र तल कुन्ठमा पौडी खेल्ने र फोटो खिचाउने युवायुवती निकैको यो ठाउँमा चहलचपल नै बढेको छ ।

‘फेसबुकममा साथीहरुले छहरा सहितको फोटो राखेको देखे,’ लेखनाथबाट फुर्सेखोला घुम्न आएकी रश्मी परियारले भनिन् –‘साथीहरुले निकै आक्रषक फोटो राखेको देखे पछि साथी सगँ ठाउँ सोधेर आए ।’ चार जना साथी सगै आएकी उनले त्यती ठुलो त रहेन छ तर पनि निकै राम्रो लागेको बताइन् । पोखरा १७ छोरेपाटनबाट पोखरा २४ कृष्ती जाने बाटोमा पर्ने भुगे खोलामा मानै दैनिक १ सय भन्दा बढि युवायुवती आउने गरेको छन् । छहराको नजिकै चट्पट्को व्यावपार गर्दै आएका हरि प्रसाद पोख्रलले दैनिक १ सय देखि १ सय ५० जना सम्म युवायुवती आउने गरेको बताए ।

उनले केहि माथी रहेको फुर्से खोलामा पनि त्यती कै संख्यामा युवायुवती आउने गरेको जानकारी दिए । उनले दशैको भोली पल्ट करिब ४ सय जना आएको बताए । ‘हुन यो भुगे खोला हो तर युवायुवतीले दुबै ठाउँलाई फुर्से खोला नै भनेर चिन्ने गरेका छन्,’ उनले भने, ‘फुुसेखोलामा अल्ली ठुलो छहरा र फराकीलो छ, भुगे सानो र सागु छ, तर युवायुवती दुबै तिर जान्छन् ।’ उनले फुर्सेखोला जान छोरेपाटनको नगरबस रोक्ने ठाउँबाट करिब एक किलोमिटर पर पर्दछ भने भुगे खोलामा पुग्न गुफा नजिकैको बाटो हुदै कृष्ती जानेबाटोबाट करिब एक किलोमिटर पर जानु पर्ने बताए ।

उनले किरब तीन महिना पहिलोबाट युवायुवतीको आउने गरेको बताए । ‘विदाका दिन अझ बढि आउने गरेका छन्,’ उनले भने, ‘सामाजीक सञ्जालमा प्रचार भए पछि आउन थालेका हुन् ।’ पानी सुक्दै गए पछि भने यो ठाउँमा युवायुवती आउन बन्द हुने उनको भनाई छ ।

‘पहिलो आउको निकै रमाईलो भयो,’ छहरामा रमाउन दोस्रो पटक आएकी पोखरा १७ विरोटाकी अन्जना गुरुङले भनिन् –‘अहिले त अन्य साथीलाई पनि लिएर आएकी छु ।’ उनले आफुले मात्रै घुमेर नपुग्ने देखे पछि साथीहरुलाई पनि लिएर आएको बताइन् ।

पोखरामा युवायुवतीको नयाँ डेस्टिनेसन @ फुर्सेखोला

कमेन्टहरु
Loading...