बढ्यो बैंक ब्याज

काठमाडौं, २९ असोज/बैंक तथा वित्तीय संस्थाहरुले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई ब्याज बढाउन थालेका छन् । आजको कान्तिपुरमा खबर छापिएको छ ।

रकम कम हुँदै गएपछि बैंकहरुले गत बर्षभन्दा करिब दोब्बर ब्याज दिएर निक्षेप तान्न थालेका हुन । दसैंअघि बैंक तथा वित्तीय संस्थाले एकवर्षे मुद्धती खातामा साढे ८ प्रतिशतसम्म ब्याज दिएका छन् ।

बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले सुरुमा मुद्धती र त्यसपछि बचतको पनि व्याज बढ्दै जाने संकेत देखिएको बताए । गत बर्षको असोजमा मुद्धतीको ब्याजदर ४ प्रतिसत हाराहारीमा झरेको थियो । केहीअघि नागरिक लगानी कोषले ठुलो रकम ८ प्रतिसत ब्याज पाउने गरी बाणिज्य बैंकमा राखेको छ ।

कमेन्टहरु
Loading...