मान्यजनबाट टीका र जमरा लगाउदै

पोखरा, २६ असोज/नेपालीहरूको महान् चाड वडादसैँको एकादशीमा पनि आज आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाउन नभ्याएकाहरु आज पनि टीका लगाउदै छन् ।

कतिपय ठाउँमा पुर्णिमा सम्मै टीका लगाउने गरे पनि कतिपय ठाउँमा भने दशैको दिनमा मात्रै लगाउने चलन छ । आफ्नो घरमा टीका लगाई अन्य मान्यजनको घरमा टिका तथा जमरा लगाउन अधिकाश हिडिरहेका छन् । नीजि सवारी साधन हुनेहरुलाई खासै कठिनाई नभएपनि सार्वजनीक यातायातका साधन प्रयोग गर्नेहरुलाई भने निकै कठिन परेको छ ।

कम मात्रामा चलेका सार्वजनीक सवारी साधनहरुमा यात्रुहरुको निकै भिड रहेको छ । कति पय सार्वजनीक यातायातले सर्वसाधारण सँग दोवर भाडा लिएको यात्रुहरुले गुनासो गरेका छन् । कम सवारी साधन चल्नु र धेरै यात्रु मान्यजनबाट टीका तथा जमरा लगाउन फर्कनु पर्दा यातायातमा भिड बढि छ ।

कमेन्टहरु
Loading...