मुम्बई, २६ असोज /भारतको मुम्बई शहरमा एक जना नेपाली युवक पाँच वटा पेस्तोल र गोली सहित पक्राउ परेका छन् । प्रहरीले २९ वर्षिय चन्द्रबहादुर सोनारलाई आइतबार ४ थान कटुवा रिभोल्भर १ थान पेस्तोल र ३ थान काट्रिज बरामत गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।
मुम्बईको पनवेलमा एकजना नेपाली युवक हतियार बेच्न आउँदै गरेको पुर्व सुचना पाएको प्रहरीले स्थानिय रेलवे स्टेसनमा कडा निगरानी गरेको थियो ।
उनले अहमदनगरका वासिन्दा भएको र नातेदारको घर जान लागेको बताएका थिए । प्रहरीले उनलाई थप सोधपुछ गरिरहेको बताएक छ ।