ईन्जिनियरिङ्गको ताला खुल्यो

पोखरा, जेठ २६ गते/पोखराको लामाचौरमा रहेको पश्चिमाञ्चल ईन्जिनियरिङ्ग क्याम्पसमा एकीकृत माओवादी निकट अखिल क्रान्तिकारीले लगाएको ताला करिब एक साता पछि आज खुलेको छ । क्याम्पस प्रशासनले जेठ १३, १४ र १६ गते भएका घट्नको छानविन गर्न छानविन समिती गठन गर्ने र ७ दिनभित्र घट्नाको सत्य तथ्य बाहिर ल्याउने प्रतिवद्धता सहितको लिखित पत्र पठाएपछि ताला खोलिएको अखिल क्रान्तिकारीका ईकाई सचिव राम पाण्डेले जानकारी दिए ।

अनेरास्ववियुले क्याम्पसको होस्टेलमा निर्वाचन आचारसहिंता बिपरित कार्यक्रम गरेको आरोपमा अखिल क्रान्तिकारी लगाएत अन्य संगठनले बिरोध स्वरुप क्याम्पस र होस्टेल सामान्य तोडफोड गरेका थिए । घट्नको नैतिक जिम्वेबारी लिँदै क्याम्पस प्रसानले छानविनपछि घट्नमा दोषि ठहरिएकाहरुलाई तत्काल कारबाहिको प्रक्रिया अगाडि बढाउने र झडपमा घाइते भएका बिद्यार्थीको उपचार पनि क्याम्पस प्रशासनले नै गरिदिने सहमति भएपछि ताला खुुल्ने भएको हो ।

कमेन्टहरु
Loading...