¥याफ्टिङमा सेती नदी विश्वको उत्कृष्ट

सागर राज तिमिल्सिना
पोखरा, २३ असोज /पोखराको नजिक रहेको सेती नदी साहसिक जलयात्राका लागि उपयुक्त बन्दै गएको छ । विश्वको दसौं स्थानभित्र पर्ने सेती जलयात्रा पर्यटकको रोजाइको नदी बनेको छ । पोखरादेखि नजिक भएकाले पनि छोटो समयमा धेरै मनोरञ्जन लिन सकिने नदीका रुपमा पर्यटकहरुले सेती नदीलाई लिँदै आएका छन् ।

तीन घण्टाभित्रमा जलयात्रा गरिसकिने भएकाले पनि छोटो समयका लागि पोखरा आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो । सेती नदीमा एक वर्षमा ५ महिना ¥याफ्टिङ सकिने ¥याफ्टिङ व्यवसायी बताउ छन् । चार ग्रेडभन्दा माथिको पानीको बहाव भएकाले पनि सो नदी उत्कृष्ट दसौं स्थानमा पर्न सफल भएको व्यवसायीको भनाई छ ।rafting (2)

नेपालमा सेती, काली, मस्र्याङ्दी, त्रिशूली, तमोर, सुनकोसी, कर्णालीलगायतका नदीलाई सरकारले जलयात्राका लागि खुल्ला गरेको छ । पछिल्लो समयमा जलविद्युत् गृहहरु बन्दै गएपछि कतिपय नदीहरुमा अपेक्षा गरेअनुरुप जलयात्रा हुन नसकेको छैन ।

सेती र मर्दीको दोभानबाट करिब ५ किलोमिटर दूरीको याम्दीसम्म ¥याफ्टिङ हुदै आएको छ । नेपालमा आउने पर्यटकमध्ये २५ प्रतिशतले ¥याफ्टिङ गर्ने गर्दछन् । पोखरामा मात्र १२ वटा कम्पनी कार्यरत छन भने देशभर १ सयभन्दा ¥याफ्टिङ व्यवसायी रहेका छन् ।

कमेन्टहरु
Loading...