मोटसाइकल दुर्घटना हुदा दाजुभाइ मृत्यु

इनरुवा, २३ असोज /सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोला निर आइतबार बिहान भएको मोटसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दाजुभाइ रहेका छन् ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृत्यु हुनेमा इटहरी–५ बस्ने मदन गुरुङ र कुमार गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...