लोपोन्मुख सरुङ खेल कास्कीकोटमा प्रर्दशन

पोखरा, २३ असोज /लोपोन्मुख रहेको सरुङ खेल कास्कीको कास्कीकोटमा रहेको गुप्तकालिका मन्दिर परिषरमा सप्तमीका दिनमा प्रर्दशन गरिएको छ ।

वि.स १११३ बैशाख १३ गते जगतीखानले राज्य स्थापना गरेपछि नै यो सरुङ खेल कास्कीकोटमा प्रर्दशन हुदै आएको छ । त्यतिवेला देखिका कास्कीका धनञ्जय गोत्रीय कुँवरजातिहरुको राज्यको संरक्षण गर्न राखिएको थियो । त्यसैले पनि कुँवर जातिहरुले मात्र सरुङ खेल खेल्ने गरेको ढिकुरपोखरी १ का कृष्ण बहादुर कुँवर ए ले बताए ।

पोखराको रामघाटबाट ल्याएको फुलपातीको डोलीलाई विशेष सुरक्षाका साथ स्वागत गरी विधी पुर्वक पुजा आजा गरी मन्दिरबाट सुरु हुने खेल तल मौला टुडिखेलमा आएर आधा घाम डुब्नु अघि अनम्याउने काम गरिने गुप्तकालिका धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए ।

कमेन्टहरु
Loading...