भगवती प्रा बिमा ड्रेस र छात्रबृत्ति बितरण

जेष्ठ, २६ पोखरा /कास्की जिल्लाको पुम्दि भुम्दि गा बि सको कालाबाङ्ग घडेरीमा रहेको अंग्रेजी माध्यमा पढाई हुने श्री भगवती प्रा बिमा सम्पूर्ण बिधाथीहर्रुलाई डे«स तथा छात्रबृत्ति बितरण गरिएको छ । अभिभावक समितीको आयोजनामा भएको कार्यक्रममा हाल यूकेमा रहंदै आएका श्रीमती तारा गुरुङ्ग र रामचन्द्र गुरुङ्गले बिद्यालयमा रहेका ९० जना बिद्यार्थीलाई जनहि २,२ जोरका दरले कमिज, पाईन्ट, छालाको जुत्ता, मोजा, टाई र बेल्ट लगायत गरि करिब १ लाख ९० हजा पोसक तथा छात्रबृत्ति बितरण गरेका हुन् ।

पोशाक दाता यूकेमा रहेकाले उनीहरुको प्रतिनिधीको रुपमा दाताका कान्छा बाबा यम बहादुर गुरुङ्ग र ठुली आमा धनकुमारी गुरुङ्गले बिधार्थीहरुलाई छात्रबृत्ति बितरण गरेका थिए । कार्यक्रममा २०६९ सालमा प्रथम, दृतिय र तृतीय हुनेलाई प्रमुख अतिथी कप्तान टीक प्रसाद गुरुङ्गले क्रमश ४ हजार, २ हजार र १ हजार रुपैया प्रदान गरेका थिए । छात्रबृत्ति बितरण गर्दै पुर्व गाबिस समेत रहेका गुरुङ्गले ईमान्दारीका साथ आफ्नो गाँऊको बिकासमा लाग्न सबैलाई आग्रह गरे ।

त्यसैगरी आफेनो स्वर्गीय आमाको समृतिमा खालिएको अक्ष्य कोषको ब्याजबाट निर्मला गुरुङ्गले सर्बोत्कृष्ट नतिजा ल्याउने छात्र छात्रालाई रु १ हजार ९ सय १५ प्रदान गरिन् । कार्यक्रम्मा अर्का अक्ष्यकोष दाता डम्बर सिंह गुरुङ्गले बिद्यालयमा भएको शैक्षिक गुणस्तर र भौतिक अवस्था सुधारबाट आफु प्रभावित भएको बताउँदै सर्बोत्कृष्ट बिद्यार्थीलाई सहयोग प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...