पाँचौं संगम कपको उपाधि बी थट्टीनलाई, हेमन गुरुङ र मन बहादुर तामाङ सम्मानित

पोखरा २२, असोज /पोखरामा शनिबार सम्पन्न भएको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ को उपाधि बाझापाटनको बी थट्टीन बी ले जितेको छ ।  माछापोखरी खेल मैदानमा शनिबार सम्पन्न भएको फाईनल खेलमा बी थट्टीनले एल.जी. एशोसिएसनलाई ३–१ को गोल अन्तरले पराजित गर्दै उपाधि सहित १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गरेको हो ।

बी थट्टीनको जितमा म्यान अफ दी म्याच घोषित शिव सुवेदीले दुई र एल.जीको तर्फबाट शिव गुरुङले एक गोल उपहार दिएका थिए । एल.जी.का सिद्धार्थ रन्जितले शान्त्वना एक गोल गरे । उपविजेता भएको एल.जी. एशोसिएसनले ६१ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।  यस अघि बी थट्टीन बीले दिव्य ज्योति क्लवलाई ३–० ले र दोश्रोे सेमिफाईनल खेलमा आयोजक संगम क्लवलाई एल.जी. एशोसिएसनले सडेनडेथमा पराजित गरेको हो ।

निर्धारितमा दुबै तर्फ गोल रहित बराबर भए् पछि टाईब्रेकरमा समेत दुबै तर्फ ३÷३ गोलले खेल बराबरीमा पुगे पछि निर्णायकको लागि खेल सडेन डेथमा धकेलिएको हो। टाइृब्रेकरको सडेन डेथमा ४–३ को नजिताले एल.जीले सेमिफाईनलमा जित निकालेको थियो । पहिलो खेलमा बी थट्टीनका उत्तम गुरुङ म्यान अफ दी म्याच घोषित हुदा दोश्रो खेलमा भने संगम क्लवबाट सहभागि राष्ट्रिय खेलाडी हेमन गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता समापनको अवसरमा राष्ट्रिय फुटवल खेलाडी हेमन गुरुङ र मानहादुर तामाङलाई यस क्षेत्रको फुटवल खेलबाट नाम राख्न सफल भएको भन्दै सम्मान गरीएको छ । उनीहरुलाई एक एक थान फुटवल वुट सहित खादा लगायर सम्मान गरीएको सह–संयोजक विवेक गुरुङले बताए । संगम, एल.जी, हङ्गकङ्गको मुख्य प्रायोजनामा संचालन भएको प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको क्लवका सचिव शिव नेपालीले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी एल.जी.का अजित गुरुङ घोषित भए । उनले ५ हजार प्राप्त गरे । त्यसै गरी उत्कृष्ट गोलरक्षकमा संगमका दिप कार्की, उत्कृष्ट स्टाईकरमा बी थट्टीनका शिव सुवेदी, उत्कृष्ट डिफेन्समा बी थट्टीनकै किरण गुरुङ र हाईस्कोररको उपाधि आर्दश युवा क्लव भण्डारढिकका विशान गुरुङले जिते । उनीहरुलाई जनहि दुई दुई हजार साथमा ट्रफि प्रदान गरीएको छ । प्रतियोगितामा खाल्टेमसिनाको नव प्रतिभा युवा क्लव अनुसासित टीम घोषित भयो ।

विजयी खेलाडीहरुको टोलीलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ, शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्मा, कास्की जिल्ला फुटवल संघका उपाध्यक्ष मीलन गुरुङ, सहारा क्लवका अध्यक्ष विरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकाली, संगम क्लवका अध्यक्ष शिव गुरुङ (माया) लगायतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...