सुनको भाउको नयाँ कीर्तिमान

काठमाडौँ, १९ भदौ / सुनको भाउले मंगलवार नयाँ रेकर्ड वनाएको छ । सोमवारको तुलनामा आज प्रतितोला २ सय २० रुपैयाँले बढेर प्रतितोला ६० हजार रुपैयाँ कारोवार भइरहेको छ । यसअघि सोमवार छापावाल सुन प्रतितोला ५९ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।
यसैगरी तेजावी सुन पनि उसैगरी वढेको छ । सोमवार ५८ हजार ५ सय ३० रुपैयाँ रहेको तेजावी सुन वढेर आज प्रतितोला ५९ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको भाऊ पनि सोमवारको तुलनामा केही वढेको छ । सोमवार प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँ बढेर प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको छ ।
अहिले अन्तराष्ट्रिय बजारमै भाऊ बढेकोले त्यसको असर नेपाली बजारमा छ । ‘सुरक्षित लगानी क्षेत्र मानिने सुनमा माग बढेपछि स्वतः भाउ बढ्छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले पनि सुनको भाउलाई असर गर्छ, शाक्यले भन्नभयो,’ किनकी तेलको भाऊ बढ्दा सुन उत्पादनको लागत बढ्छ ।’

कमेन्टहरु
Loading...