चौथो नदीपुर कप जारी

पोखरा, २२ असोज । नदीपुर स्थित नगर प्रशिक्षण केन्द्रमा जारी चौथो नदीपुर कप सेभेन ए साइड फुटवल प्रतियोगितामा शनिवार क्वाटर फाइनल अन्गर्ततका खेलहरु सम्पन्न भएका छन । शनिवार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डिलाइट एफसीले लेकसाइड जुनियरलाइए २–० गोलले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ ।

दोश्रो खेलमा कस्केरी एफ सीले नव आदर्श क्लवलाई ५–३ गोल अन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश ग¥यो । तेश्रो खेलमा नदीपुर ब्वाइज क्लवले नदीपुर नीलोलाई २–० गोल अन्तरले पराजित गरी अघिल्लो चरणमा प्रवेश ग¥यो ।चौथो खेलमा अर्चलबोट युथ क्लवले ६–१ गोल अन्तरले पीटी एफ सीलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार सेमी फाइनल अन्तर्गत पहिलो खेल अर्चलबोट युथ क्लव र कस्केरी एफ सी बीच हुने छभने दोश्रो खेल डिलाइट एफ सी र नदीपुर ब्वाइज क्लव बीच हुने प्रतियोगिता संयोजक सुरज पालिखेले जानकारी दिए ।

नदीपुर युथ युकेको मुख्य प्रायोजन तथा साउदी अरव उप प्रायोजक रहेको प्रतियोगिताको बिजेताले ५० हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले २५ हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा बेष्ट प्लेयर लाई एक थान मोवाइल, हाई स्कोर, बेष्ट गोल किपर, बेष्ट डिफेन्डर र फेयर टीमलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...