विन्ध्यवासिनीमा फुलपाति भित्र्याइयो

पोखरा, २२ असोज/दशै अन्तरगत पुलपातिको अवसरमा पोखारा प्रसिद्ध मन्दिर विन्ध्यवासिनी मन्दिरमा फुलपाति भित्राइएको छ । पोखरा चिप्लेढुङगाबाट बाजाँ गाजाँका साथ फुलपाति भित्राएको हो । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणहरुले फुलपाति लैजाने ¥याली सहभागी भएका थिए ।

निजामती कर्मचारी, शसस्त्र प्रहरिको कालिका गण, शसस्त्र प्रहरी तालिम महाविद्यालय, मुक्तिनाथ वाहिनीबाट पनि फुलपाति ल्याइएको थियो भने नेपाल प्रहरिले अन्चल प्रहरी कार्यायल, जिल्ला प्रहरि कार्यालय, शसस्त्र प्रहरी गण डेमसाइडवाट पनि फुलपातिल्याइएको थियो ।

यसरी फुलपातीलाई बजागाजा सहीत पोखरा बजार परिक्रमा गरेर विन्ध्यवासिनी मन्दिरमा लगिएको थियो । फुलपातिलाई रातो पोशाकमा सजिएका मन्दिरका पुजारीहरुले ग्रहण गरेका थिए । कार्यक्रमा सुरक्षा निकार्यका प्रमुख ,राजनितीक दलका प्रतिनीधी, समाज सेवी , सर्वसाधारण्को लगाएतको सहभागी रहेको थियो ।

कमेन्टहरु
Loading...