दशैका लागि पोखरामा २३ हजार च्याङ्ग्रा

पोखरा, २२ असोज/दशैका लागि हिमालपारीबाट पोखरामा कबिर २३ हजार भेडा, च्याङ्ग्रा भित्रिएका छन् । पोखरामा मुस्ताङ, डोल्पा, मुगुबाट करिब २३ हजार भेडा च्याङ्ग्रा पोखरा भित्रीएको ब्यवसायीले बताएका छन् ।

ब्यवसायीका अनुसार गत बर्षको दशैंमा १७ हजार भेडा, च्याङ्ग्रा पोखरा ल्याइएकोमा यस बर्ष २३ हजार भेडा च्याङग्रा पोखरा भित्रीए छन् । मस्ताङबाट करिब २५ हजार भेडा च्याङग्रा हिडेपनि म्यादी पर्वत र वाग्लुङका बिभिन्न ठाँउमा खपत हुने गरेको छ । पोखरामा मात्र ५० करोड बराबरका भेडा च्याङ्ग्राको कारोवार हुने व्यापारी मेखनाथ नेपालले जानकारी दिए ।

हिमाली भेगमा पाइने जडिबुटी खाएर हुर्केको भेडाच्याङ्ग्रा भएकोले मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने विश्वासले दशैमा खसी वोका भन्दापनि पोखरा यस क्षेत्रमा च्याङ्ग्रा मासु बढी खपत हुने गरेको व्यापारीहरु ब्ताउ छन् । च्याङ्ग्रा खरिदका लागि पोखराको याम्दी पुगेका ग्राहकले भने पनि गत वर्षको तुलनामा केहि महगो भएको बताएका छन् ।

कास्कीको याम्दीमा भेडा च्याङग्रा विक्रीका लागि राखिएका छन् भने आज फुलपातीको दिन पोखरा टुडिखेलमा विक्रिका लागि राख्ने चलन छ । रोजाईका च्याङग्रालाई ग्राहकले १८ देखि २५ हजार रुपैयाँसम्म तिरेर किन्ने गरेका छन् । पोखरा च्याङग्रा खरिदका लागि छिमेकी जिल्लाहरुबाट पनि आउने गरेको व्यवसायीहरु बताउ छन् ।

कमेन्टहरु
Loading...