नयाँ शक्तिको शुभकामना आदान–प्रदान

पोखरा, २१ असोज/पोखरामा नयाँ शक्ति पार्टी नेपालको जिल्ला शाखा कास्कीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिजया दशमी, दिपावली, नेपाल सम्वत, छठ तथा ईदको अवसरमा आयोजित उक्त कार्यक्रम सिर्जनाचोक स्थित ह्वाईट हाउस पार्टी प्यालेसमा शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानिय विकास अधिकारी दामोदर भण्डारी, राष्ट्रिय अनुशन्धान आयोग कास्कीका एसपि यमप्रसाद पराजुली, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नबराज ढुङ्गाना, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, टान नेपालका विश्वराज अधिकारी, नेकपा एमालेका कृष्ण थापा, अन्नपूर्ण एफ एमका सिइयो दिपेन्द्र श्रेष्ठ, ट्रेड युनियन कास्कीका जित बहादुर गुरुङ्ग, महेन्द्र उच्च माविका सहायक प्रधानाध्यापक बिकल पौडेल, पोखरा एफ एमका स्टेशन म्यानेजर संजय मल्ल, कुवँर समाजका नि.अध्यक्ष लाल बहादुर गुरुङ्ग, रेडीयो बाराहीका रमेश पौडेल, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजिवि, केन्द्रीय परिषद् सदस्य लगाएतले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

नयाँ शक्ति पार्टी नेपाल कास्की जिल्लाका संयोजक हेम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पाटीका सह–संयोजक शम्भु खाती परियारले गरेका थिए भने कार्यक्रमको संचालन तमु राष्ट्रिय परिषद् नेपालका संयोजक दुर्गा बहादुर गुरुङ्गले गरेका थिए ।

कमेन्टहरु
Loading...