कांग्रेसद्वारा शुभकामना तथा भेटघाट

पोखरा, २१ असोज/ विजयादशमी तथा शुभदिपावलीको अवसरमा नेपाली कांग्रेस वडा एकाई समितिहरुले शुक्रबार विविध कार्यक्रम गरेका छन्। एकाई समितिले कतै शुभकामना आदानप्रदान, कतै भेटघाट त कतै चियापान कार्यक्रम गरेका छन्। नेपाली कांग्रेस वडा एकाई समिति पोखरा – २८ ले अर्मलामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के.सीले चाडपर्वले आपसी सद्भावको विकास गर्न सक्ने विश्वास व्यत्त गरे।सांसद शारदा पौडेलले भड्किलो नहुन गरी चाडपर्व मनाउन सवैलाई आग्रह गरिन्।

त्यसअवसरमा कास्की कांग्रेसका उपसभापति हरि आचार्य, कोषाध्यक्ष लक्ष्मी पाण्डे, क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’, पोखरा उपमहानगरपालिका सभापति बजिरमान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ऋषि काफ्ले, जिल्ला सदस्य नवीन सिग्देल, एमाले क्षेत्र नं २ का अध्यक्ष जीवन आचार्य, कांग्रेस क्षेत्रीय सचिवद्वय कृष्ण कोइराला, वर्षाकेशव पराजुली, कास्की कांग्रेसका पूर्व सहसचिव मुकुन्द बास्तोला ज्वाला, नेपाल महिला संघ पोखरा नगर सभापति माया बराल, नेवि संघका केन्द्रीय सदस्य देवकृष्ण पराजुली, क्षेत्रीय प्रतिनिधि नरशोभा गुरुङ, संघसंस्थाको तर्फबाट शेरबहादुर कार्की, एमाले वडा कमिटि पोखरा – २८ का अध्यक्ष चुडामणि आचार्य, वडा सचिव बसन्तनाथ भट्टराई लगायतले बोलेका थिए।

नेपाली कांग्रेस वडा एकाई समिति पोखरा – २८ का सभापति दिननाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेता डिल्लिराम आचार्यले स्वागत र क्षेत्रीय प्रतिनिधि श्रीकृष्ण आचार्यले सञ्चालन गरेका थिए। यसैवीच, नेपाली कांग्रेस वडा एकाई समिति पोखरा – ४ ले पनि शुक्रबार चियापान कार्यक्रम गरेको छ।

कार्यक्रममा जिल्ला र वडास्तरका नेता तथा कार्यकर्ता सहभागि थिए। सांसदद्वय शारदा पौडेल र बृन्दादेवी रानाले संयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गरेका थिए। नेपाली कांग्रेस वडा एकाई समिति पोखरा – ४ का सभापति गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गायत्री पराजुलीले गरेकी थिईन्।

कमेन्टहरु
Loading...