बस र हाइस जुध्दा १० जना घाइते, ३ को अवस्था गम्भीर

कावासोती, २१ असोज /पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहामा शुक्रबार बिहान बस र हाइस गाडी जुध्दा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

बुटवलबाट काठमाडौँतर्फ जादै गरेको ना ६ ख ८८७ नंको बस र काठमाडौँबाट बुटवलतर्फ जादै गरेको बा २ ख २०४१ नंको हाइस गाडी जुध्दा १० जना घाइते भएका छन् । हाइसका गाडी चालकको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
घाइतेमध्ये पाँचजनाको दलदलेस्थित देवचुली अस्पतालमा उपचार भइरहेको छ ।

तीनजना गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घाइतेमा हाइसका यात्रु बढी रहेका छन् । उनीहरुको टाउको र छातीमा बढी चोट रहेको अस्पतालले जनाएको छ ।

कमेन्टहरु
Loading...